अब को बन्ला एमालेमा असन्तुष्टिको ‘अम्ब्रेला’ ?

अब को बन्ला एमालेमा असन्तुष्टिको ‘अम्ब्रेला’ ?

893

काठमाडौं। यस बेला एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आलोचनाका भित्री लहर थेगिसक्नु देखिँदैन।  यस अघि अध्यक्ष ओलीप्रति कसैले आलोचना गरेमा एमाले कार्यकर्ता कडा प्रतिवादमा उत्रन्थे।   तर यस बेला भने उनीहरू ओलीमाथिको आलोचना तीव्र हुँदा पनि प्रतिवादमा उत्रेको देखिँदैन। यसको एउटै कारण छ अध्यक्ष ओलीप्रति पार्टी भित्र बढ्दै गएको असन्तुष्टि ।
ओलीप्रति विकर्षण बढ्दै गएपछि पार्टी भित्र तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङप्रति  असन्तुष्टिको आँखा पुगेको थियो। तर उनको निधनसंर्गै कार्यकर्ताको एउटा विकल्पको अवसान भयो। उनको निधन पछि सबैको आँखा पूर्व राष्ट्रपति विधा भण्डारी तर्फ उनीहरूको आसा गएको छ। तर उहाँको एमालेमा कसरी प्रवेश हुने भन्ने विषयले ठुलो द्विविधा देखिएको छ। कार्यकर्ताले अध्यक्ष ओलीसँग प्रतिवाद गर्न सक्ने अम्ब्रेला खोजेका हुन् । तर भण्डारी प्रति यो बिषयमा ढुक्क हुन सकेका छैनन् । यद्यपी उनी राजनीतिमा आउने आसाले ओली पीडितहरूमा केही राहतको महसुस दिएको देखिन्छ।
अहिले ओलीको आलोचना हुँदा पार्टी कार्यकर्ताको पुरै पङ्क्ति प्रतिवादमा उत्रेको देखिर्दैन।   प्रतिवाद गर्ने पङित खुम्चँदै ओलीको किचेन क्याबिनेटमा सीमित भएको छ।
यसरी असन्तुष्टि बढ्नुमा पार्टी भित्र ओलीको इच्छामा खुम्चँदै गएको आन्तरिक लोकतन्त्र भएको कार्यकर्ताहरू टिप्पणी गर्छन्।  एमालेका बिभिन्न निकायमा हुने महाधिवेशन अधिकांश ओलीको इच्छामा टिके नेतृत्वका हुने गरेका छन् । आफ्नो इच्छा बमोजिमको नेतृत्व आउने निश्चित नभए सम्म दुई दिन लाग्ने बिभिन्न अधिवेशनहरू एक साता सम्म लम्ब्याउने गरेको धेरै उदाहरण हरू छन् । त्यसैले एमाले भित्रको गुम्साहट कुन नेताको अम्ब्रेलामा गएर प्रकट हुने हो भन्नेमा मात्र यस बेला अडिएको  छ।

प्रदेश र जिल्ला तहमा भइरहेको ओलीको आलोचना केही समय देखि केन्द्रमा समेत सरेको छ।

्एमालेको े सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र सदस्यहरूबीच  निकै सवाल जवाफ चल्न  थालेको छ। । पार्टीका कतिपय निर्णय भइसकेपछि मात्रै पदाधिकारीलाई थाहा हुने गरेको भन्दै सदस्यहरूले असन्तोष पोख्न सुरु गरेका छन् ?

गएको आइतबार पनि सचिवालय सदस्यहरूले अध्यक्ष ओलीमाथि असन्तोष पोखे भने अध्यक्ष ओलीले स्वाभाविक विषयलाई कतिपय पदाधिकारीले अनुचित ढङ्गले सार्वजनिक टिप्पणी गरेको बताएका थिए।
पदाधिकारीले पनि पार्टी निर्णय भइसकेपछि थाहा पाउने अवस्था रहेको भन्दै नेतृत्व तिरै प्रश्न तेर्स्याएका थिए।
प्रसङ्ग थियो, केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी एमालेकै सांसद विद्या भट्टराईको।
शिक्षा मन्त्री भट्टराईले गत वैशाख ८ गते पदबाट राजीनामा दिएकी थिइन्। उनले स्वास्थ्यको कारण राजीनामा दिएको बताए पनि एमाले नेताहरू त्यसलाई मान्न तयार थिएनन्। प्रधानमन्त्री ओलीको सुरुदेखि असहयोग र अविश्वासको साक्षी बसेका उनीहरूले भट्टराईले स्वास्थ्यकै कारण राजीनामा दिएको भनेर उनीहरूले विश्वास गरेनन् ।

भट्टराईको ठाउँमा एमाले सांसद रघुजी पन्त शिक्षा मन्त्री भइसकेका छन्। तर एमालेभित्रको बहस अझै सकिएको छैन।आइतबारको सचिवालय बैठकमा पनि यसबारे कुरा उठेको थियो

बैठकमा अध्यक्ष ओलीले विद्या भट्टराईले आफै शिक्षा मन्त्रीबाट राजीनामा दिएको तर पार्टी जिम्मेवार नेताले प्रधानमन्त्री ओलीले असहयोग गरेको भन्ने ढङ्गले अभिव्यक्ति दिएको बताएका थिए।
अध्यक्ष ओलीको यो अभिव्यक्ति उपाध्यक्ष अष्टलक्ष्मी शाक्यतर्फ लक्षित थियो।

अध्यक्ष ओली भट्टराईप्रति लक्ष्य गर्दै उनको योग्यतामाथि पनि प्रश्न उठाउने गरी अभिव्यक्ति दिएका थिए। ‘उहाँको सांसद मात्रै बन्ने योग्यता रहेछ, मैले मन्त्री बनाएँ,’ भट्टराईप्रति लक्ष्य गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले टिप्पणी गरे।

भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट उपाध्यक्ष शाक्यले विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न गरेकी थिइन्।
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु¥यो? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ।कमरेड विद्या तपाईँको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी थिइन्।

तपाईको बिचार

सम्बन्धित खबर