राज्य व्यवस्था समितिको बैठक बस्दै, निजामति कर्मचारीका बारेमा छलफल हुने

राज्य व्यवस्था समितिको बैठक बस्दै, निजामति कर्मचारीका बारेमा छलफल हुने

587
काठमाडौँ, २२ मङ्सिर : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं,। संघीय संसदका २ समितिको बैठक सोमबार बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने भएको छ । जुन बैठक अपरान्ह १२ः४५ बजे देखी सुरू हुनेछ ।

तपाईको बिचार