संबैधानिक निकायका ५२ नियुक्तिमाथी सर्वोच्च अदालतमा सुनवाइ जारी

संबैधानिक निकायका ५२ नियुक्तिमाथी सर्वोच्च अदालतमा सुनवाइ जारी

581

काठमाडौं । संबैधानिक निकायका ५२ नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी रहेको छ।प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी रहेको हो ।

प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको जनाइएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि बल्ल गत  माघदेखि नियमित सुनुवाइ भएको हो ।

गत बुधबार चौथो दिन सुनुवाइ भएको थियो । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यो मुद्दामा प्राथमिकता तोकिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर