खड्का र थापालाई कुर्दाकुर्दै आधा रात बित्यो बालुवाटारमा

खड्का र थापालाई कुर्दाकुर्दै आधा रात बित्यो बालुवाटारमा

1703

काठमाडौं ।संयसत्ताधारी उच्चस्तरीन्त्रको बैठकमा संयोजक रहेका कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न सेकन। बुधबार राति अबेर सम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लामो समय सम्म उनीहरुलाई पर्खेर बसेको थियो। काठमाडौ बाहिर रहेका थापा साझ काठमाढौ फर्के पनि उनको मोबाईल फोनमा पटक बालुवाटारबाट सम्पर्कको प्रयास गरिएको स्रोतmे बतायो।

दुवै नेतालmे केही समय देखि सरकारको काम प्रति अुसन्तुष्टि जनाउदै आएका थिए । यद्यपी नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीको खारेज गरेका छन् ।

 

सत्ताधारी उच्चस्तरीन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए ।

‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने उनले जानकारी दिए ।

 

शिक्षकको आन्दोलनबारे लेखकले आउने अधिवेशनबाट शिक्षा विधेयक टुंग्याइने दाबी गरे ।

‘यो अधिवेशन त्यो विधेयक पारित गर्ने गरी बोलाइएको हो । शिक्षकरूले त्यहीअनुसार लिनुपर्छ’, उनले भने, ‘मन्त्रिपरिषद् बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप संवाद पनि गरिरहेका छौं ।’

 

 

तपाईको बिचार