वीरगन्जमा राति १२ बजेसम्मका लागि थपियाे कर्फ्यु

वीरगन्जमा राति १२ बजेसम्मका लागि थपियाे कर्फ्यु

681
हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आज बिहान १२ बजेसम्म कर्फ्यू लगाएकोले सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक । तस्बिरः हिमाल लम्साल/रासस

वीरगन्ज ।पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू  लम्बिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सूचना जारी गर्दै कर्फ्यू आदेश आतबार राति १२ बजेसम्मका लागि लम्बिएको जनाएका हुन् ।

हनुमान जन्मोत्सवका अवसरमा हिजाे (शनिबार) वीरगञ्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुई पक्षबीच झडप भएको थियो । शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्दै त्यहाँ तनावको स्थिति बनेको हो ।

झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए । सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो । स्थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।

कर्फ्यू आदेश जारी रहेको अवधिभर कुनै पनि प्रहारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, लगायत गर्न नपाउने आदेशमा उल्लेख छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यू आदेश जारी भएको हो ।

तपाईको बिचार