दुर्गा प्रसाई पक्राउ कि आत्मसमपर्ण?

दुर्गा प्रसाई पक्राउ कि आत्मसमपर्ण?

807

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि कमाण्डर तोकिएका दुर्गा प्रसाईको पक्राउ विवादास्पद भएको छ। उनी पक्राउ परेका हुन्  वा  आत्मसमपर्ण गरेको हो भन्नेमा विवाद उत्पन्न भएको छ। प्रहरीले उनको खोजी भइरहेको जनाउदै चाँडै पक्राउ पर्ने औपचारिक दाबी गरेको छ। तर नेपाल प्रहरी स्रोतले भने उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको दाबी गरेको छ।
राजसंस्था पुनस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ । उनले आफूलाई सुरक्षित नेपालसम्म पुर्‍याइदिन भारतीय प्रहरीलाई अनुरोधमात्र गरेको समितिको भनाइ छ ।

दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारहरू आएपछि समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गरी प्रष्टीकरण दिएका हुन् । उनले प्रसाईंको जीउज्यानको सुरक्षा गर्न माग गरेका छन् ।

बिहीबार राति निकालिएको विज्ञप्तिम प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको दाबी गरिएको छ ।

प्रसाईँले आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्‍याइदिन आफैँ अनुरोध गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याइपुर्‍याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेकोमा राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समिति धन्यवाद ज्ञापन गर्दछ ।’

‘सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफैँ लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कंदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्तासमेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं’, प्रवक्ता नेपालले विज्ञप्तिमा भनेका छ्न् ।

प्रसाईँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेकाले सुरक्षित रूपमा अस्तालसम्म पुर्‍याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष समितिले अनुरोध गरेको छ ।

प्रसाईको सचिवालयले भने दुर्गा प्रसाईँले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ।

सचिवालयको फेसबुक पेजमा स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।

बिहीबार राती पोष्ट गरिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं १

 

तपाईको बिचार