मेयर बालेन एक सातादेखि महानगरमा अनुपस्थित, गुरागाईँ आएपछि तीन महिनाको तलब भत्ता खातामा

मेयर बालेन एक सातादेखि महानगरमा अनुपस्थित, गुरागाईँ आएपछि तीन महिनाको तलब भत्ता खातामा

1426

काठमाडौं। काठमाडौं महानगर  पालिकाका प्रमुख बालेन्द्र शाह एक साता देखि कार्यालयमा देखिएका छैनन् । काठमाडौ महानगर पालिकामा सरकारले उनले नरुचाएका कार्यकारी पठाएका भन्दै  असन्तुष्ट भएर कार्यालयमा नआएको बुझिएको छ।
उनी केही दिन देखि उपत्यका बाहिर रिफ्रेस गर्न गएको बुझिएको छ।
कार्यकारी प्रमुख नभएका कारण तीन महिनादेखि महानगरका कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता रोकिएको थियो। तर सरकारले गत साता बालेन ले न रुचाएका कार्यकारी अधिकृतलाई फेरि महानगरमा पठाएको थियो । तर शाहको निर्देशनमा उनलाई कार्यालय प्रवेश गर्न नदिनका लागि महानगर प्रहरी परिचालन गरेर उनको कार्य कक्षमा ताला लगाइएको थियो।

कर्मचारी र जनप्रतिनिधिले त्यसको प्रतिवाद गर्दै ताला फुटाएपछि  गत बिहीबार कार्यकारी प्रमुख सरोज गुरागाँइले हाजिर गरेका थिए। त्यस लगतै  तीन महिना देखि रोकिएको तलब भत्ता सबैको खातामा गएको छ।
यद्यपी मेयर  शाह भने कार्यालयमा नआएको  एक साता भएको एक कर्मचारीले जानकारी दिएका छन्  उनले  महानगरमा देखाएको हर्क तका कारण आफै लज्जित भएर कार्यालयमा नगएको स्रोतले बतायो ।

तपाईको बिचार

सम्बन्धित खबर