काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको प्रडु युनिभर्सिटी नर्थवेष्ट, इन्डियाना बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सहकार्यको लागि भएको सम्झौता अनुसार संकाय, अनुसन्धान तथा विद्यार्थीहरु बिचको साटासाट, आविश्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवर्द्धन गर्ने लगायतका विषयमा दुई विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।
समझदारीपत्रमा पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एण्ड पार्टर्नसिप डाइरेक्टर डा. रमेश न्यौपानेले दस्तखत गरी कार्यान्वयन गर्ने प्रतिबद्वता जनाइयो ।
सो अवसरमा प्रडु युनिभर्सिटीका डाइरेक्टर डा. न्यौपानेले यो सहकार्य गर्ने समझदारी पत्रमा उल्लिखित कुराहरु लागू गर्ने प्रतिवद्वता जनाउदै आगामी कार्यक्रमहरुमा ३ बर्ष नेपालमा र २ बर्ष युएसमा अध्ययन गरेर ५ बर्षमा युसको ब्याचलर र माष्टरको डीग्री दिन सकिने, १ बर्ष नेपालमा र १ बर्ष युएसमा अध्ययन गरि २ बर्षे माष्टर कोर्ष गरेर युसको डिग्री प्राप्त गर्न सकिने गरी थप कार्यहरु हुनसक्नेछन भन्नुभयो। यसका लागि दुबै विश्वविद्यालयका पाठ्यक्रमहरु अध्ययन गरी क्रेडिट आवर्स ट्रान्सफर सम्बन्धी आवश्यक व्यवस्था मिलाइने पूर्वान्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. थपलियाले जानकारी दिनुभएको छ ।
आज भएको समझदारीपत्रले युएसका विद्यार्थीहरु, फ्याकल्टीहरु, कर्मचारीहरुले समेत नेपाल आएर छोटो अवधिको अध्ययन, तालीम, रिसर्च आदि बारे शिक्षा लिन र नेपाली विद्यार्थीहरु युएस गएर सो अनुरुप शिक्षा लिन सक्ने बाटो खुलेको छ ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपानेले दुई बिश्वविद्यालयलाई जोड्न सहजीकरण गर्नुभएको थियो।
तपाईको बिचार