काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका-९ मौजापुछारस्थित सडकमा प्र.३-०२-०११ प २८५९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक पहिचान खुल्न नसकेका ४० वर्षीय पुरूषको मृत्यु भएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ ज्यामिरे हेल्थपोष्ट नजिक सडकमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक पर्सा जगरनाथपुर गाउँपालिका-४ हरपुर बस्ने १९ वर्षीय सब्दान हुसेनको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको बिचार