विद्यालयमा ‘विद्यार्थीसँग कुलपति ’

विद्यालयमा ‘विद्यार्थीसँग कुलपति ’

671

काठमाडौँ ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा राइजिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुल सोल्टीमोडले ुविद्यालयमा कुलपति कार्यक्रमका साथै प्रतिभा प्रवर्द्धन कार्यक्रमुको सम्पन्न भएको छ। राइजिङ सेकेन्डरी बोर्डिङ स्कुलले आयाजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि भू्रपाल राई हुनुहुन्थ्यो।

प्रमुख अतिथि राईले आफुले स्कुल अध्ययन गर्दा भोजपुरमा आवतजावत गर्ने जङ्गलको बाटो एक्लै हिँड्नुपर्दाको कठिनाइबारे ७ र८ कक्षामा ुबाटोुबारे कविता लेखेको स्मरण गर्दै ुह्यारी मलाई हतार छ ुभन्ने कविता सुनाउनु भएको थियोे ।उहाँले अब ुसंस्कार सहितको शिक्षाु अवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई साहित्य साधनामा लाग्न प्रेरित गर्नुभएको थियोे ।
कार्यक्रममा कुलपति राई र विद्यार्थीबिच कविता रचना प्रकृयाबारे अन्तरसंवाद भएको थियोे । साथै, विद्यार्थीबाट समेत कविता प्रस्तुत गरिएको थियो ।कार्यक्रममा अतिथिहरू प्रज्ञा(प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला ,पत्रकार(कवि सगोत्री आचार्य,कवि राधा कार्की दुलाल लगायतले मन्तव्य राख्नुभएको थियोे।स्टार राइजिङ सेकेन्डरी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनतव्य प्रिन्सिपल राजुकुमार राईको रहेको थियोे ।

तपाईको बिचार