काठमाडाैं । आज राजावादी र गणतन्त्र पक्षधरले काठमाडाैंमा आन्दाेलन गर्ने भएपछि उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।
आन्दाेलनका क्रममा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बजाईएकाे हाे ।नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेसङ्गै पूर्वराजा पक्षीय दुर्गा प्रसाईँहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथबाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको जनाएको छ ।
आज राजसंस्था पक्षधरले कोटेश्वर र समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शनको आयोजना गरेका छन् ।
तपाईको बिचार