कुलमानले गुहारे सर्बोच्च अदालत

कुलमानले गुहारे सर्बोच्च अदालत

615

काठमाडौ । नेपाल विद्याुत प्राधिकरणको प्रमुख कार्र्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले सर्बोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । उनले आफूलाई सरकारले गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सबोच्चको ढोका ढकढक्याउन पुगेका हुन् ।

उनले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गरेका छन् । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर