एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

617

रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ ।
लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर