नेपाल प्रहरीका आइजीपीसहित नौं उच्च अधिकारीहरु आजबाट बिदा हुँदै

नेपाल प्रहरीका आइजीपीसहित नौं उच्च अधिकारीहरु आजबाट बिदा हुँदै

623

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सहित नौं जना उच्च प्रहरी अधिकारी आजबाट एकसाथ सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर आजबाट अवकाशमा जान लागेका हुन् ।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाशमा जान लागेका छन् ।

टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् । कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ ।

 

तपाईको बिचार