दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु

723

विराटनगर । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हिजो(शनिबार) राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

 

तपाईको बिचार