काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषध सहित १ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषध सहित १ जना पक्राउ

699

काठमाडौं । जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशीलाई प्रहरीले पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ ।

हिजो साझ ११ बजेको समयमा उनलाई छापा मारी प्रहरीले पक्राउ गरेको हो । कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीलेउनको कोठाबाट पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

उनको साथबाट पेस्तोलसहित पोल्याण्ड नामक लागुऔषध, डिजिटल तराजु, ७ थान मोबाइल र एक वटा आइप्याड बरामद गरेको हो ।

 

उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनी पटके हुन् ।

 

 

तपाईको बिचार