काठमाडौं। आज फागुन २६ गते देखि राजतन्त्र फर्कन्छ भन्दै राप्रपाको अगुवाइमा आइतबार सडकमा मान्छे उतारियो। धेरैले सामाजिक सञ्जालमा २६ गते नेपालमा राजा आउने र उनको मन्त्रिमण्डल गठन हुने भन्दै तिनको नाम र मन्त्रालय समेत तोके।
धेरैले आइतबार राजा आउने भन्दै सडकमा आफूलाई उतारे पनि । कतिपयको सपना थियो – पूर्व राजालाई सिधै नारायण हिटी लाने र पहिले जस्तै उनबाट सम्बोधन सुन्ने – मेरा प्यारा देशवासीहरू हामीले आफू भित्र रहेको राजकीय अधिकार प्रयोग गरी आजैका मितिले केपी ओली नेतृत्वको सरकार विघटन गरिबक्सेका छौ’। त्यसपछि मेरै अध्यक्षतामा नयाँ सरकार गठन गरिबक्सेका छौ। राजाको स्वागतमा भीड लाग्नुको यो पनि एक थियो।
पोखराबाट प्लेन रिजर्भ गरेर आएका ज्ञानेन्द्र एयरपोर्टको गेटबाट झर्नेवित्तिकै उनको मुन्टो विजय भावमा चलेको थियो। आफ्नो गाडीमा रहेको छत पन्छाउँदै उनी टाउको उठाएर दुई हात हल्लाउँदै अगाडी बढे । मानौँ आज उनी चुनाव जितेका नेता भन्दा कम छैनन् । सर्बसाधरणले सोधी रहेका थिए – यो चुनाव जिते जस्तो गर्ने मान्छे कुन पार्टीको हो।
नेपालमा अहिले सम्म विमान नै रिजर्भ गरेर देश विदेश घुम्ने‘ भाग्यमानी नेपाली’ मा पर्छन् ज्ञानेन्द्र । किन कि अहिले सम्म लोकतन्त्र आएपछि कुनै पनि राष्ट्र प्रमुखले विमान नै रिजर्भ गरेर देश विदेश घुमेको रेकर्ड छैन। त्यो पन निजी काममा।
स्वागतमा आएका धेरैले राजा फर्कन्छन् भनेर आस गरेका थिए। तर राजा फर्किए । पोखराबाट फर्किए काठमाडौ आए। एयरपोर्टमा झेर । तर उनी नारायणहिटी गएनन् । सिधै आफ्नो निजी निर्मल निवासमा‘बुझे बुझे भन्दै मुन्टो हल्लाउँदै पुगे। त्यसपछि राजा फर्कने आसा बोकेर पुगेका आशावादीहरू आ आफ्नो हातमा रहेको राष्ट्रिय झन्डा वोकेर आ आफ्नो निवास पुगे।
त्यो दिन देशमा राजतन्त्र आउँछ भनेर निकै हल्ला पिटिएको थियो। त्यसैले धेरै मान्छे राजतन्त्र फर्किएको हेर्न एयरपोर्ट अगाडि जम्मा भएका थिए। तर उनीहरूले राजतन्त्र फर्किएको देखेनन् । उनै ज्ञानेन्द्र फर्किएको देखे । त्यो पनि निर्मल निवासमा ।
सधैँ सडकमा कराउँदै हिँड्ने लक्ष्मण सिंह खड्का समेत त्यो दिन चिच्याई रहेका थिए– आफ्नो छोरो त चलाउन नसक्ने ज्ञानेन्द्रले के को देश चलाउँछन् ? उनी थप्दै थिए– राजतन्त्र समाप्त पार्ने यिनै ज्ञानेन्द्र हुन् , यिनकै बुद्धिले गर्दा राजतन्त्र डुबेको हो, अक यिनी कसरी राजा बन्छन् ? उनको कथन थियो – ज्ञानेन्द्र फर्कने र जाने गरिरहन्छन्, तर राजतन्त्र फर्कँदैन। यी सारा मान्छे ज्ञानेन्द्र पोखराबाट आएकालाई राजा फर्केको भनेर संसारलाई उल्लु बनाई रहेका छन् ।
पूर्व राजाको स्वागतको सन्देश: ज्ञानेन्द्र फर्किएका हुन, राजतन्त्र होइन

तपाईको बिचार