काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पूर्व राजालाई स्वागत गर्न जानेहरू अढाई बर्ससम्मको चकचकी र लुट बिर्सिएर जनताको मुख थुन्ने भएको आरोप लगाउनु भएको छ। पोखराबाट काठमाडौ फर्किएका पूर्व राजा ज्ञानेन्द्रलाई स्वगत गर्न जानेहरू प्रति लक्षित गर्दै रिमालले यस्तो बताएका हुन् ।
‘अढाई सय बर्ससम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहाँबाट त्यहाँ’ जान नदिने जस्ता “राम–राज्य”का सञ्चालक यिनीहरू नै थिए हैन र’ ? उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।
अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यस बखतका राजा सहित सिङ्गो वंशलाई“उनीहरूद्वारा–उनीहरूका लागि – उनीहरूले नै” खरानी बनाएका हैनन् र? रिमालले थप प्रश्न गरेका छन् ।
“एयरपोर्ट जाऔँ– स्वागत गरौँ” भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डे न डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र?! उनको थप प्रश्न छ।
“रक्त शुद्धता र वंश–परम्परा”को कुरा नश्लिय पाखण्ड हो !
अङ्ग्रेजÞीमा एउटा भनाई छ नि– “फर्गिभ– वट नट फर्गेट!” उनले भनेका छन् ।
ृ
तपाईको बिचार