काठमाडौं । पोखराबाट आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने र उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने प्रचार बेजोड साथ भएको छ। संसद भित्र रहेको एउटा दल राप्रपाले त यसलाई राजतन्त्र फर्काउने अभियानको इति गणेश हुने दाबी गर्दै काठमाडौँमा भव्य स्वागत गर्ने तयारी गरेको छ। उसको तयारी हेर्दा लाग्थ्यो जसरी २००७ सालमा राजा त्रिभुवन नेपाल फर्कँदा नेपाली काँग्रेसले स्वागत गरेको थियो , त्यस्तै काठमाडौँमा राजा फिर्तीको भव्य स्वागत गर्ने दाबी गर्दै लाखै जनता स्वागतका लागि सडकमा उत्रने दाबी गरेको छ।
यता सरकारले पनि सो कार्यक्रमलाई मध्य नजर गर्दै सुरक्षाको तयारी गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएका छ ।
एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौँमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको बताइएको छ ।
काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्ने भएको छ। किन भने पूर्व राजा ज्ञानेन्द्र पोखराबाट त्रिभुवन विमानस्थलमा उत्रेर निर्मल निवास जाने कार्यक्रम तय भएको छ।
राप्रपाले नेपालमा राजतन्त्र फर्काउने औपचारिक निर्णय सहित आजको स्वागत कार्यक्रमलाई लिएको छ। तर नेपालमा राजतन्त्र कसरी फर्कन्छ भन्नेमा फर्कने र फर्काउने दुबैलाई थाहा छैन। उनीहरूको अहिलेको उद्धेष्य भने राजनीतिक दलहरू प्रति जनतामा उत्पन्न हुँदै गएको असन्तुष्टि ‘क्यास’ गर्नु भन्दा अर्को कुनै परिणाम नरहेको बताएको छ।
कसरी फर्केलान् राजा ?
२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भयो। त्यो बेला कमल थापाले नेतृत्व गरेको राप्रपाको जम्मा ४ सिट थियो। संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको थियो। सो घोषणामा राप्रपा भन्दा बाहेक अरूको विरोध थिएन। संसदीय पद्धति अनुसार यसरी भिन्न मत राखे पनि प्रक्रियामा सामेल भएको ठहर्छ। त्यसैले राप्रपाले आफ्नो मुद्दामा बिजय पाउनका लागि फेरि त्यही प्रक्रिया अवलम्बन गर्नुपर्छ । यसो भनेको संसद्मा दुई तिहाइ जुटाएर राजतन्त्रको स्थापना गर्नु। के यो बाटोबाट राजतन्त्र तत्कालै फिर्ता होला ? कतिपय मान्छे सडक र मन्दिरमा जम्मा भएर राजतन्त्रको पक्षमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छ।
राजाको पक्षमा जनविद्रोह हुन सक्छ ?
राजा फर्काउने अर्को बाटो हो शान्तिपूर्ण जनविद्रोह । के यो सम्भव छ। विद्रोह उठ्न सक्छ । तर त्यसले कुनै न कुनै तारिकाले संवैधानिक बाटो समात्नु पर्छ । तर विद्रोहले कसरी संवैधानिक बाटो समाउला? राजनलाई कसले कुन बाटोबाट लगेर नारायणहिटीको गद्धिमा बसाई देलान्? कथं कदाचित राजा त्यहाँ गद्दीमा पुगिहाले पनि त्यो कसले जोगाई देला? फेरि शान्तिपूर्ण जनविद्रोह विभिन्न देशमा भएका छन् । ती विद्रोहका अधिकांश चारित्र जनताले जनतामाथि जनताका लागि शासन गर्नेमा केन्द्रित छन् । तर जनताले आफूमाथि शासन गर्नका लागि शासक खोजेको उदाहरण पाइँदैन। समाजको चेतना र विकास यति तीव्र भएको छ कि अहिलेको पुस्ता कसैलाई शासक बनाउनका लागि खोजी गरेर हिँडेको देखिँदैन। अहिले पूर्व राजाको पक्षमा भिड बढेको देखिनु केवल तत्कालको असन्तुष्टि मात्र हो भन्नेमा दुई मत छैन।
सैनिक विद्रोहबाट स्थापना होला त राजतन्त्र?
राजा फर्कने बाटो सैनिक विद्रोह वा कु बाट हुन सक्छ , नेपालमा त्यो सम्भव छ? २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले यो बाटो प्रयोग गरेका थिए। तर त्यो दुइ वर्ष पनि टिकेन। यसैका कारण तत्कालीन राजा ज्ञानेन्द्रले गद्धि छोड्नु¥यो। राजा शासक भएका देशमा गणतन्त्र स्थापना भएको छ। तर राजा संविधान भित्र बसेर सेरोमोनियल भएका देशमा राजा कायमै छन् । त्यसैले नेपालमा विफल भएको यो बाटोबाट राजा फर्कन सक्दैनन् । त्यसो भए अहिलेको आन्दोलनले कसरी राजा फर्काउला?
तपाईको बिचार