काठमाडाैंमा सुरक्षाकर्मीलाई `हाई अलर्ट´मा रहन निर्देशन

काठमाडाैंमा सुरक्षाकर्मीलाई `हाई अलर्ट´मा रहन निर्देशन

553

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा काठमाडाैंमा राजावादीहरुले प्रदर्शन गर्ने भएपछि सुरक्षाकर्मीलाई हाई अलर्टमा रहन निर्देशन दिईएकाे छ ।

करिब ६ हजार राजावादीहरू सहभागी हुनसक्ने प्रहरीको आँकलन छ । प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको प्रहरीले जनाएको छ ।

एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार आज काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’ मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘कुनै किसिमको हुल हुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइने छैन’, अधिकारीले भने, ‘विभिन्न युनिटका प्रहरी कर्मचारी त्यसका निम्ति तैनाथ हुनेछन् ।’

आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहित र सादा पोशाकका प्रहरी टोली परिचालित छन् । प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएको छ । एकीकृत सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार एकीकृत सुरक्षा रणनीतिअन्तर्गत प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाईको बिचार