दुर्घटनापछि पूर्वपश्चिम राजमार्ग ठप्प

दुर्घटनापछि पूर्वपश्चिम राजमार्ग ठप्प

699
सडक अवरुद्ध मध्यविन्दु (नवलपरासी), १५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा रोकिएका सवारीसाधन । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ । तस्बिर ः विष्णुप्रसाद गौडेल÷ रासस

काठमाडाै । नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प  भएको छ । गए राति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको हो । अहिले सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म लागेकाे छ ।

अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् । चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

तपाईको बिचार