महोत्तरीमा यात्रुबाहक बस दुर्घटना

महोत्तरीमा यात्रुबाहक बस दुर्घटना

703

महोत्तरी । महोत्तरीको महोत्तरी गाँउपालिका–६ गोरिगम्मामा यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको बस ना.३ ख ८९९७ नम्बरको बस पल्टिँएको हो । तीव्र गतिका कारण अनियन्त्रित भई बस खेतमा पल्टेको स्थानीय राजन चौधरीले जानकारी दिए ।

घाइते अधिकांश यात्रुको हातखुट्टामा चोट छ । उनीहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ ।

 

तपाईको बिचार