काठमाडौ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले लगनगँठो कसेका छन् । लामो समय प्रेम सम्बन्धलाई उनीहरुले आज बिबाहमा परिणत गरेका हुन् ।
थापाथली हाइटस्थित कार्की बैंक्वेटमा उनीहरुको अहिले वैवाहिक समारोह चलिरहेको छ । समारोहमा दुवैतर्फका आफन्त, साथीभाइ र सांगीतिक क्षेत्रका व्यक्तिहरु सहभागी रहेका छन् ।
लामो समय प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले गत असारमा कन्सर्टको लागि दुबई पुगेका बेला बुर्ज खलिफाअगाडि इन्गेजमेन्ट गरेका थिए ।
‘नेपाल आइडल’बाट चर्चामा आएकी अस्मिताका दर्जनौँ गीत हिट छन् । त्यस्तै, महेशको पनि ‘माया बिरानी’, ‘लज्जावती झार’, ‘चाइना जापान’जस्ता गीतहरु दर्शकमाझ चर्चित छन् ।
तपाईको बिचार