काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट भएर पनि उनलाई असफल पर्ने नेतामा गणना हुन्छन् – स्थायी समिति सदस्य अग्नि खरेल ।
विगतमा उनले जुन जुन ठाउँमा हात हाले ती सबै ठाउँमा असफलता मात्र हात लाग्यो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक यात्रामा यिनले धेरै अल्झन निकालेको विज्ञहरू बत्ताउँछन् ।
अहिले सम्म यी नले हात हालेको अधिकांश ठाउँमा पार्टी र एमाले नेतृत्वको सरकारले राजनीतिक रूपमा घेरै घाटा बेहोर्नु परेकोले पार्टी भित्र यिनलाई ‘ जहाँ अग्नि त्यहाँ खरानी ’ भनेर टिप्पणी गर्ने गरिन्छ।
। प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकारमा खरेल लाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका छन् । हिजो(बुधवार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई विज्ञ सल्लाहकारको जिम्मेवारी दिइएको हो ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहेका खरेल यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ताका रूपमा सेवा गरिसकेका छन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्यसमेत थिए ।
आफूलाई पटक पटक धोका दिए पनि यिनलाई अवसर दिएकोमा प्रधानमन्त्री ओलीको फराकिलो छातीका रूपमा एमालेले बुझेका छन् ।
एमालेमा अग्निले खरानी पारेको क्षेत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा खरेल महान्यायाधिवक्ता थिए। सामान्यतया महान्यायाधिवक्ता प्रधानमन्त्रीको सरकारी कानुनी सल्लाहकार हुने गर्छ ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि सर्वोच्चमा मुद्दा प¥यो। तर प्रधानमन्त्री ओलीको विघटन सर्वोच्चले सदर गर्ने भन्दै उनले आश्वस्त पार्दै गए। प्रधानमन्त्री ओली खरेलको कुरामा ढुक्क भए।
यिनकै नालायकीपनका त्यो बेला सर्वोच्चमा गठन भएको प्रतिनिधिसभा विघटन सम्बन्धी संवैधानिक इजलास गठन तलमाथि भएको थियो। त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुन पुग्यो।
यिनी महान्यायाधिवक्ता भएको बेला कानुन ब्यावासायी परिषद्को निर्वाचनमा एमाले समर्थित वकिलहरूले नराम्ररी हार खानु परेको थियो।
त्यसै गरी २०७४ सालमा भएको निर्वाचनमा उनको गृह नगरपालिका झापाको गौरा दह नगरपालिकामा एमालेले पहिलो पटक पराजयको स्वाद चाख्नु परेको थियो। स्थानीय एमाले नेता तथा कार्यकर्ताहरूले यिनकै कारणले त्यहाँ एमालेले निर्वाचन हारेको गुनासो गरेका थिए।
त्यसै गरी पछिल्लो पटक सर्वोच्च बारमा भएको निर्वाचनमा एमाले समर्थित वकिलहरूले सम्मानजनक मत ल्याए पनि उपाध्यक्षमा दोब्बर मतले हार्नुपरेको तितो कसैले बिर्सेको छैन। खरेलले आफ्ना नातेदार भीम केरियालाई जसरी पनि उम्मेदवार बनाउनु पर्छ भन्दै अडान लिएका कारण यस्तो शर्मानक परिणाम आएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भरखरै मात्र खरेललाई आफ्ना विज्ञका रूपमा नियुक्त गरेका छन् । उनी नियुक्ति भएको भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतै अर्को खरानी पार्ने हुन कि भन्ने चिन्ता एमाले भित्र छाएको छ।
तपाईको बिचार