काठमाडौं । अमेरिकाले निष्काशन गरेका १० नेपाल आज नेपाल आउँदैछन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज अहिले विहान १० बजे काठमाडौं अवतरण हुने भएको हो ।
नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका र गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका १० अवैध आप्रवासी नेपालीलाई लिएर पहिलोपटक चार्टर विमान काठमाडौं आउन लागेको हो ।
यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आइसीई०ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो । पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ । ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल आएका हुन् ।
तपाईको बिचार