काठमाडौं। पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।
पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।
आइतबार साँझ घरमै बसिरहेको बेला हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । अस्पतालस्रोतका अनुसार तत्कालै मुटुमा स्टेन्ट प्रत्यारोपण गरेपछि उनी खतरामुक्त छन् । उनको उपचारमा डा। यादव भट्टसहितको चिकित्सक टोली खटिएको छ ।
यद्यपि, २४ घण्टाभन्दा बढी समय ‘अब्जर्भ’ मा राख्नुपर्ने कारण उनलाई आज पनि अस्पतालमै राखिने सम्भावना रहेको अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले बताए ।
पूर्वयुवराज शाहलाई आजै घर पठाउने कि नपठाउने भन्नेबारे चिकित्सक टोलीले हालसम्म कुनै निधो नगरेको उनले बताए ।
तपाईको बिचार