जगत वाशिष्ठ
काठमाडाै । नेकपा एमाले निकटको सांस्कृतिक मोर्चा सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको विधागत घटक सङ्गठन जनसङ्गीत कलाकार सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघको सभाकक्षमा शुक्रबार आयोजना गरिएको सम्मेलनले कलाकार आकाश थापाको नेतृत्मा केन्द्रीय समिति चयन भएको छ ।
सम्मेलनका प्रमुख अतिथी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले शुभकामना मन्तव्यका साथै निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । उपाध्यक्ष आरसी न्यौपाने, भूमिका सुब्बा लगायत अतिथीले शुभकामना दिएका थिए । सम्मेलन अध्यक्ष बैकुण्ठ महतको शभापतित्वमा सम्पन्न भएको थियो ।
सम्मेलनबाट निर्वाचित समितिमा अध्यक्ष आकाश थापा , उपाध्यक्ष भरत बुढाथोकी, सारदा थापा, विजय दर्लामी चयन भएका छन् । महासचिव जीतेन्द्र चौधरी, सचिवमा चिरन्जीवि अर्याल, लोकमाया थापा, रामप्रसादपौडेल, देवकला बस्नेत, सीता भण्डारी चयन भएका छन् । कोषाध्यक्ष शोभा थापा मगर चयन भएका छन् । त्यस्तै गरी सदस्यमा तिलकबहादुर गुरुङ, कर्णबहादुर गन्धर्व, सुधिरकुमार चौधरी, राजु शाह, मुगा शाह, दीपा रोकाया, इश्वरीप्रसाद भुसाल, संगीता पौड्याल, निरुता खत्री, पोषण घर्ती, मेघराज लुङ्गेली, पुनम साम्बाहाम्फे, दिनेश खड्का चयन भएका छन् । बाँकी सदस्यहरुमा बैठकले अवश्यतार समावेशीताका आधारमा सबै प्रदेश र जिल्ला र वरिष्ठतालाई समेटेर पछि निर्वाचित समितिले बैठकबाट थप्नसक्ने रहेको आयोजक समितिका निवर्तमा अध्यक्ष बैकुण्ठ महतले जनाए ।
सम्मेलनमा प्रगतीवादी गाएक टीकाभण्डारीलाई प्रगतिवादी गीतमा त्रिविबाट विद्यावारिधि गरेकामा सम्मान समेत गरेको थियो ।
महत सामाजिक सञ्जालमा निर्वाचित समितिलाई यसरी धन्यवाद दिन्छन् । “ नेकपा एमाले निकटको सांस्कृतिक मोर्चा सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको विधागत घटक सङ्गठन जनसङ्गीत कलाकार सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलन जनवादी गायक आकाश थापाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरी सम्पन्न भएको छ नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्य सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु तीन वर्ष मैले नेतृत्व गर्दा सहयोग र संगठनलाई योगदान गर्नुभएका सबै मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्मलेनमा उपस्थित प्रमुख अतिथिज्यू, प्रमुख वक्ताज्यू, सम्मानित हुनुहुने आदरणीय डा.टीका भण्डारीज्यू, अतिथिज्यूहरु र प्रतिनिधिज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।
तपाईको बिचार