सुजता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

सुजता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

613

काठममडाैं । चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ ।

चीन भ्रमणमा रहेको काँग्रेस प्रतिनिधिमन्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरुको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकि थिइन् । उनले आफुले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

चिनियाँ कुटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफुहरुले महत्त्वपूर्णरुपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिकृया दिइन् ।

कुटनीतिज्ञ सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरुसंग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा राखिन ।

चीनले बिचारको बिभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमण काँग्रेससंगको सम्बन्ध अझै बलियो बनाउने उद्वेश्यबाट अभिप्रेरित भएको समेत बताइन् ।

भ्रमण टोलीलाई सिचवानको प्रसिद्व पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो । त्यसअघि चिनियाँ राष्टपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियोे । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियोे ।

तपाईको बिचार