गजल : यौनिक शिक्षा र समाजको व्यथा

गजल : यौनिक शिक्षा र समाजको व्यथा

  • पार्वतीकुमारी चौलागाई२०८१ फागुन १२ सोमबार १९:३४:४४
635

महिला र पुरुषबीच कति भरम छ,
खुलेर कुरा गर्न अति शरम छ।
पश्चिमाहरू चन्द्रलोकै पुगेका छन्,

तर…
यहाँ महिनावारी बार्ने धरम छ।

अत्याधिक हिंसा, बालविवाह हुन थाले,
शून्य स्थानमा कसरी झारम छ।

न कानून पालन, न भनेको सुनुवाई,

कठै…
छोरीलाई यहाँ ज्युदैँ नै मरम छ ।

नेपाली समाजमा वर्जीत यौनका कुरा,
तर विश्वभर सर्वत्र छरम छ ।

यहाँ यौनिकतासम्बन्धी विद्यालय शिक्षा,

खै…
सिकाउन गारो, बिग्रेको करम छ।
नानीबाबुलाई सब कुरा भन्ने मन छ,

हानीकारक प्रथा शुन्य गरम छ ।

यौनिक शिक्षाको आवश्यकता परम छ,

तर…

खुलेर कुरा गर्न अति शरम छ ।।

तपाईको बिचार