काठमाडौं । नेपाली फिल्म कल्लीको छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन आइतबार काठमाडौंको बौद्धस्थित एक घरमा शुरु गरिएको हो। यस फिल्ममा नाजिर हुसेन र वर्षा राउत पति–पत्नीको भूमिकामा देखिनेछन्।
फिल्मका लागि पहिलो सटमा उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले प्रस्तुत गरेका छन्। यसमा नाजिर र वर्षा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका छन्। ३५ दिनको सेड्युलमा फिल्मको छायांकन काठमाडौंबाट सुरु गरेर जुम्लामा पनि हुनेछ।
यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। फिल्ममा प्रमुख भूमिकामा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारको पनि अभिनय रहनेछ।
फिल्मको घोषणा गर्दा मुख्य भूमिकामा अभिनेता पल शाह रहेको भएपनि हालका लागि उनको स्थानमा सौगात मल्ललाई लिएर छायांकन सुरु गरिएको छ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी रहेको छ। फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्। महेश दवाडीले लेखेको फिल्मको कार्यकारी निर्माता सरोज नेपाली रहेका छन्। निसाल पौडेल फिल्मको छायांकन गरिरहेका छन्।
तपाईको बिचार