काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना रोकिएकोमा सरकारको आलोचना गरेका छन्। उनले काठमाडौं ७ मा विकास योजनामा सरकारले बजेट रोक्का गरेको कारण कुनै पनि योजना अघि नबढेको बताएका छन्।
उनले भने, “काठमाडौं ७ का जनतालाई विकास चाहिँदैन? के सरकारका पक्षका सांसदहरूको निर्वाचन क्षेत्रका जनतालाई मात्र विकास चाहिन्छ?” पराजुलीले यसरी प्रश्न गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
त्यसैगरी, उनले थप बताए, “काठमाडौं महानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा थुप्रै विकास योजनामा भुक्तानी रोकिएको छ।” यसबाट राजधानीको विकास कार्यमा गम्भीर असर परेको उनले उल्लेख गरे।
तपाईको बिचार