माधव नेपालको कद् घटेको पछिल्लो प्रमाण: साना पार्टी जोगाउने ‘लज्जाशरणम’ अभियान 

माधव नेपालको कद् घटेको पछिल्लो प्रमाण: साना पार्टी जोगाउने ‘लज्जाशरणम’ अभियान 

1057
काठमाडौं। नेपालको राजनीतिमा  नेता आफू केन्द्रित हुँदा कसरी आफ्नो कद (उचाइ ) घट्छ भन्ने उदाहरण नेकपा एसका अध्यक्ष माधव नेपाल र समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईका पछिल्ला भनाई र व्यवहार बाट पुष्टि  हुन थालेको छ।  यी दुवै नेता कुनै बेला देशको नेतृत्व गर्ने हैसियतमा थिए । यी दुवैले आफैले मलजल गरेर हुर्काएको पाटी केही होइन भन्दा अहिले साना पार्टी जोगाउ अभियानमा लाग्नु परेको छ।  यसको कारण हो आफैले  माउ नेतृत्वविरुद्ध विद्रोह गर्दै खोलेका पार्टीको हैसियत देखाउन हम्मे पर्नु।
पूर्व प्रधानमन्त्री भएका र देशको सबैभन्दा ठुलो र शक्तिशाली पार्टी एमालेको १५ वर्ष नेतृत्व गरेका माधव नेपाल यस बेला निरीह अवस्थामा देखिएका छन् । एमालेबाट विद्रोह  गरेर नेकपा एस खोल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे जे आरोप लगाएका थिए अहिले त्यही आरोपको घेरामा परेका छन् नेपाल । उनको पार्टी भित्र त यो आरोप लगेकै छ बाहिर  भने उनी साना पार्टीको पक्षमा बोलेर आफ्नो अस्तित्व जोगाउने अभियानमा छन् ।
नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानासाह लाद्ने प्रयास गरिरहेको आरोप लगाउँदै  सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्  ।
शुक्रवार देखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो  बताएका हुन् ।
उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दछ । दुई दलीयको नाममा एकदलीय तानासाह लाद्ने सोच भन्दा भिन्न छैन । स(साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिङ्गो देशमा तानासाह लाद्ने कुचेष्टा भइरहेको छ ।’
संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यति नै अग्रसर भएका छन् । संसद्को नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।
उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे ।सम्मानित नेता झलनाथ खनालले भने  बैठकमा ‘न्यायको प्रस्ताव’ राखेका छन् ।
फागुन ७ गते  बसेको स्थायी कमिटी बैठकमा पूर्व प्रधानमन्त्री खनालले अनेरास्ववियू र युवा संघ नेपालबारे पार्टीले लिएको निर्णय सच्याउन माग गरेका हुन् ।
‘कसैमाथि पनि अन्यायपूर्ण निर्णय गरिनु हुन्न, गल्ती भएको छ भने सच्याएर जानुपर्छ । अनेरास्ववियू र युवा सङ्घमा भएको अन्यायबारे समाधान खोजौँ’, खनालको प्रस्ताव थियो ।बैठकमा एक सहभागीका अनुसार पार्टीलाई एकताबद्ध बनाएर लैजान पनि अनेरास्ववियू र युवा सङ्घको निर्णय सच्चिनुपर्ने खनालको प्रस्ताव छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले गत १४ माघमा जारी गरेको अन्तर पार्टी निर्देशन–४ बाट अनेरास्ववियूका अध्यक्ष आरती लामा र युवा सङ्घ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मा पदमुक्त गरिएका छन् ।
अपानिबाट गुमेकोप्रति लामा र विश्वकर्माले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । अनेरास्ववियूमा समानान्तर कमिटी घोषणाकै तयारी थियो । तर पूर्व प्रधानमन्त्री खनालले समानान्तर कमिटी बन्ने दुर्घटना आफूले रोकेका बताएका थिए ।
अनेरास्ववियूमा समानान्तर कमिटी बनाउन ५ फागुनमा लामा पक्षधर विद्यार्थीहरूको भेला भएको थियो । त्यो भेलामा पूर्व प्रधानमन्त्री खनाल आफैँ प्रमुख अतिथि थिए ।
तर पार्टी बैठकमा कुरा राख्ने विश्वास दिलाउँदै तत्काल समानान्तर कमिटी नबनाउन खनालले निर्देशन दिएका थिए ।
समानान्तर भेलामा विद्यार्थी नेताहरूलाई दिएको विश्वास बमोजिम  नेता खनालले पार्टी बैठकमा फरक प्रस्ताव नै प्रस्तुत गरेका छन् ।  बिहीबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रस्तावमाथि छलफल गरिनुपर्ने खनालको माग छ ।
‘यो अवस्थामा फेरि टिके प्रथा, ठाडो बर्खास्तकी, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छदा खाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका सम्मेलन र अधिवेशन गर्न नदिने …. ,’ खनालको प्रस्तावमा भनिएको छ,   जो यस अघि  माधव नेपाल आफैले ओलीलाई आरोप लगाउने गरेका थिए।
विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका हो । हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरकुंश तरिका हो, यो नोकर शाही तरिका हो ।’खनालले नेपाललाई लगाएको आरोप थियो यो ।

तपाईको बिचार