नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा एसको केन्द्रीय कमिटी बैठक स्थगित

603

काठमाडौ । आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए।
एकीकृत समाजवादीको आजबाट केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरको जावलाखेलमा हुँदै थियो।

पोलिटब्युरो सदस्य सापकोटाको निधन भएपछि बैठक रोकिएको हो। सापकोटाको ५९ वर्षको उमेरमा बिहीबार बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा निधन भएको हो।

तपाईको बिचार