अस्ताए नेकपा एसका नेता सापकोटा

अस्ताए नेकपा एसका नेता सापकोटा

651

काठमाडौं । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ ।

 

मिर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ ।

लामो समय एमाले काभ्रेपलाञ्चोक एमालेको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । २०७० सालको संविधानसभा निर्वाचनबाट उनी काभ्रे ४ बाट उनी निर्वाचित भएका थिए ।

सापकोटाको पार्थिव शरीर आज बिहान ९ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा राखिने बताइएको छ । स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। सापकोटाका श्रीमती एक छोरी छन्।

तपाईको बिचार

सम्बन्धित खबर