सकियो क्यान्सविरुद्धको खोप अभियान, कति किशोरीले लगाए ?

सकियो क्यान्सविरुद्धको खोप अभियान, कति किशोरीले लगाए ?

579

काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मंगलबार सकिएको छ ।

गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उनले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइने समेत जानकारी दिए । ‘कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएका छौं’, उनले भने, ‘मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि हामीले खोप लगाइएको छौँ । समुदायमा गएर खोजेर खोप लगाइने छ ।’

शाखा प्रमुख डा. गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरू नगरिएको बताए । उनका विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

तपाईको बिचार

सम्बन्धित खबर