काठमाडौ ।अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र लेबनान भिड्दै छ। नेपालको दोस्रो खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट हुनेछ ।
पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको नेपालले यो खेलमा जित निकाल्न सके एक खेल अगाडी नै फाइनलमा स्थान सुरक्षित गर्नेछ । एक खेलमा ३–३ अंब जोड्दै म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। अंकविहीन रहेका किर्गिस्तान र लेबनान तेस्रो र चौथो स्थानमा छन् ।
नेपालले बिहीबार लेबनानलाई पराजित गरेको खण्डमा ६ अंक जोड्दै फाइनलमा स्थान बनाउनेछ । पराजित भएको खण्डमा भने नेपालले तेस्रो खेलको नजिता कुर्नुपर्ने हुन्छ । तुलनात्मक रुपमा लेबनानभन्दा नेपाल बलियो टोली हो । फिफा वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । नेपाल र लेबनानबिच हालसम्म एउटा मात्रै खेल भएको छ ।
उक्त खेल गत वर्ष फेब्रुअरीमा भएको वाफ च्याम्पियनसिपमा भएको थियो । उक्त खेलमा नेपालले लेबनानलाई २–१ गोलले पराजित गरेको थियो । म्यारमार र कीर्गिस्तानविचको खेल दिउँसो २ बजे हुनेछ । उक्त खेलमा जित निकालेको खण्डमा म्यारमारले पनि फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
नेपाल कीर्तिस्तानविरुद्ध फिनिसिङमा चुक्दा १–० को साँघुरो जित निकालेको थियो । खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भोलिको खेल जित्नका लागि खेलिने बताए । कीर्गिस्तानविरुद्ध भएको कमजोरीलाई सुधारेर भोलिको गेम खेल्ने प्रशिक्षक तामाङले बताए ।
तपाईको बिचार