काठमाडाै । भारतको ओडिसास्थिट कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरु पर्साको वीरगञ्ज र झापाको काँकरभिट्टा नाका हुँदै घर फर्किएका छन् । किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगञ्ज नाकाबाट घर फर्किएका हुन् ।
किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा यो नाका हुँदै घर फर्किएका छन्। फर्किएकामध्ये करिब ८० प्रतिशत विद्यार्थी पर्साकै रहेको उनले जानकारी दिएका छन् । केहि विद्यार्थी मात्र बाहिर जिल्लाको रहेको र उनीहरू आफ्नै हिसाबले घरतर्फ लागेको उनको भनाई छ ।
फर्किएका विद्यार्थीहरूको विवरण सीमामा खटेका सुरक्षाकर्मीले राखेका छन् । उनीहरू आफ्नो सरसामान र किताब कापी लिएर पनि फर्किन नपाएका गुनासो गरेका छन् । फर्किनेमध्ये अधिकांश विद्यार्थीले सुरक्षाकर्मीसँग आफूहरुलाई न्याय चाहिएको बताएका छन् । यस्तै सोही कलेजबाट निकालिएकामध्ये १६ नेपाली विद्यार्थी झापाको काँकरभिट्टटा नाकाबाट स्वदेश फर्किएका छन् । उनीहरू आज बिहानको राति १ बजे झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन् ।
केआइआइटी होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेपछि उनीहरू स्वदेश फर्किएको बताइएको छ । घर फर्किनेहरू सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह, आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह, नवीन मण्डल रहेका छन् ।
त्यस्तै सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौं–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौँ–१३ ताहाचलका पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का बिकेश श्रेष्ठ छन् । काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको बिचार