रोकिएन सागरनाथ परियोजनाबाट हुने काठ तस्करी, कर्मचारी हेरेको हेरयै

रोकिएन सागरनाथ परियोजनाबाट हुने काठ तस्करी, कर्मचारी हेरेको हेरयै

617

सर्लाही । सर्लाहीको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ ।

 

सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, लक्ष्मूनीया, मुर्तीया जंगलबाट व्यापक काठ तस्करी भइरहेको हो ।

 

पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजनाको अवस्था हेर्ने हो भने बन तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुखसहित परियोजनाका अधिकृत, रेन्जर र वन हेरालूहरु मौन देखिएको स्थानियको आरोप रहेको छ ।

सागरनाथ वन विकास परियोजना सूरु भयको ४६ बर्ष पुगेको छ । सिसौ मसलालगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परियोजना सूरु गरेको हो । परियोजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा गरि करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गरेको हो ।

 

२०३५ साल साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परिवजना स्थापना भयको हो। र, सागरनाथ वन विकास परियोजना एसियाकै दोस्रो ठूलो परियोजनाको रूपमा मानिन्छ ।

 

सम्पूर्ण वनकर्मीहरूको अध्ययन थलो रहेको सागरनाथ वन विकास परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र सागनाथ वन विकास परियोजना हो । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्था सागनाथ वन विकास परियोजना पनि भनिदै आएको छ । यही परियोजनाका जंगलमा व्यापक काठ तस्करी भएको पाइएको हो । काठ तस्करीका कारण परियोजनाका कर्मचारीले करिब ११ महिना देखी तलब पाएका छैनन् ।

सागनाथ वन विकास परियोजना अन्तर्गत रहेको जंगलबाट अहिले व्यापक मात्रामा टिक, साल र खयरजस्ता रुखहरु तस्करी भइरहेका छन । काटेर तयार पारिएका टून दिउँसो, साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर लैजाने गरेको स्थानिय बताएका छन ।

 

वन पैदावार विकाश समितिमा अध्यक्ष नियूक्ति नहूदाँ परियोजनाका कर्मचारी अधिकृत रेन्जर वन हेरालुलगायतका कर्मचारी मौन बसिदिदाँ काठ तस्करी भएको स्थानिय संजय यादब बताउँछन ।

 

परियोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी हाल एक सय ७० जना कर्मचारी रहेका छन् । परियोजनाका कर्मचारीहरुले परियोजनाको गस्ती समेत नगर्ने गरेकाकारण तस्करहरुले व्यापक वन फँडानी गरेको स्थानिय बताउँछन । परियोजनाको सवारी साधन समेत दुरुपयोग भैरहेको भन्दै परियोजनाको सवारी साधन बन गस्तीमा भन्दा पनि अरु नै काममा बढि प्रयोग हुने गरेको स्थानियको आरोप छ ।

सागरनाथ क्षेत्रको ५ नम्बर टिक पलट, ११ साल प्लट २ नम्बर, टिक प्लट ६ नम्बर, मसला प्लट १२, १३, १४, १५ नम्बर साल पलट, ७ नम्बर साल पलट तथा ग्रीन बेल्ट, भक्तिपूर क्षेत्रको १८ नम्बर टिक पलट, २१, २२, २३, २४ साल पलट, भक्तिपूर क्षेत्रकै हरिओ डाँडा मसला पलटबाट हातीलेद क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन् ।

यसैगरी, हातिलेड क्षेत्रको ८ , १३ नम्बर मसला तथा साल पलट, कूस्माडी क्षेत्रको ८ मसला, ३ ए खयर पलट, ३ डि साल पलट ४, ९, १० नम्बर साल पलटमा मुर्तीया क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन । यसरी तस्करी हुने अन्य क्षेत्रमा चाली ६,७ पलट, बालगंगा २, ३ नम्बर पलट, जिरायत १७ नम्बर पलटलगायतका परियोजनामा तस्करहरुले व्यापक वन फँडानी गरेको पाइएको छ ।

प्रतिबन्धित वहुमूल्य काठहरु काँटिदा समेत सरोकार बाला निकायलाई जानकारि गराउदा समेत मैन देखियका छन । परियोजनामा काठ तस्करी हुँदा बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नभएको स्थानिय शकंरप्रसाद फुयाँलले बताए ।

सो बिसयमा सागनाथ वन विकास परियोजना निमीत परियोजना प्रमुख खेमलाल बिकलाई सोध्दा तस्करी कम गर्न परियोजनाका कमर्चारी लागीपरेको बताएका छन् ।

परियोजना काठ बिक्री भयको रकम मध्यको २० प्रतिसत रकम उपदान कोषमा राख्ने ब्यबस्था हून्छ । नत्र काठ बिक्री नभएकाले उपदानसमेत दिन नसकेको उनीहरू बताउँछन । कर्मचारीहरुले जागिर सकिए पछी उपदान पाउने ब्यबस्था भएपनि जागिरबाट अबकास भएका २० जनाले अहिलेसम्म उपदान पाएका छैनन् भने २ जनाको उपदान आउने आशामा कुर्दाकुर्दै देहान्त समेत भैसकेको छ ।

वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कानुन पालना गराउने निकाय एवम् परियोजना कर्मचारी हरुले खासै चासो नदिदाँ तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।

तपाईको बिचार