काठमाडौं । पोखरा भ्रमण वर्षको अवसरमा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्।
पौडेल दुई दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए, र आज उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। अस्पतालले जानकारी दिएको छ कि अर्थमन्त्री पौडेलको स्वास्थ्य अब सुधारोन्मुख छ र कुनै गम्भीर समस्या देखिएको छैन।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था भने सामान्य हुँदै गएको छ। मेयर आचार्यको उपचार जारी छ र उनलाई केही थप दिन अस्पतालमा राखिनेछ, अस्पतालले जनाएको छ।
कीर्तिपुर अस्पतालका अनुसार,दुवै जनाको जलनको घाउ अब निको हुँदै गएको छ र फोक्सोमा कुनै खराब असर परेको छैन। यसकारण, आज उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई डिस्चार्ज गर्ने निर्णय गरिएको छ।
मेयर आचार्यको स्वास्थ्यमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको कारण उनलाई हृदयरोग विशेषज्ञसँग परामर्श गरिरहेका छन्। यसका कारण उनलाई केही थप दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताइएको छ।
अस्पतालले मेयर आचार्यसँग संकर्मणको जोखिम कम गर्नको लागि भेटघाट गर्न अस्थायी रूपमा रोकिएको पनि जानकारी दिएको छ।
तपाईको बिचार