शानदार मम पलस ग्यास विस्फोटः मृतकको संख्या चार पुग्यो

शानदार मम पलस ग्यास विस्फोटः मृतकको संख्या चार पुग्यो

667

काठमाडौँ । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा भएको ग्यास विष्फोटमा घाइते भएका थप एक जनाको फेरी उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।

उनको गए राति करिब पौने १२ बजे मृत्यु भएको हो । उनको मृत्युसँगै उक्त ग्यास सिलिण्डर विष्फोटबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । उक्त विष्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो । अरु घाइतेको हाल उपचार भइरहेको छ।

तपाईको बिचार

सम्बन्धित खबर