इटहरी । मानबहादुर कट्वाल उमेरले ९२ को सीमा पार गर्ने लाइनमा छन् । उनले आफ्नो जीवनमा धेरै कालखण्ड देखे र भोगेका छन् । उनकै आँखाले राणा शासन देख्यो, ढलेको पनि देख्यो। उनकै आँखाले १४ सालको आम चुनाव देख्यो उनकै आँखाले लोकतन्त्र भुटेको दृश्य पनि हे¥यो। उनकै आँखाले पञ्चायत देख्यो र त्यसको बिदाइ पनि देख्यो। त्यसै गरी बहुदल र गणतन्त्र पनि देख्यो।
उनलाई अहिलेको परिवर्तन र प्रविधि हेर्दा लाग्छ संसारमा यति क्रान्ति पनि हुँदो रहेछ। त्यो दिन सम्झेर उनी अहिलेको प्रविधि र सुविधा देखेर छक्क पर्छन् ।‘अहिलेको जस्तो मोबाइल फोन , यातायात त्यो बेला कल्पना सम्म पनि थिएन’ कटवाल भन्छन् ।
ओखलढुङ्गा च्यानमको दुर्गम गाउमा त्यो बेला जन्मेर पनि उनी अन्धविश्वास कुरीतिमा कहिल्यै सम्झौता गर्न मन लागेन। त्यो जमनामा जन्मेर पनि उनले गाउँमा धामी झाँक्री र दैवी शक्तिमा कहिल्यै भरोसा गरेनन् । गाउँमा यिनकै पहलमा स्कुल खोलियो। जो बाँसको चित्रा बारेर त्यसभित्र पाटीमा धुलौटो कोरेर अध्ययन गराइन्थ्यो।
गाउँमा यसरी पढेका उनी जलेश्वर पुगेपछि मालपोतका बहिदार बने। त्यो बेला बहिदारको तलब ३० रुपैयाँ थियो। मालपोत कार्यालय अन्तरगत धेरै विभाग थिए। बन , सुरक्षा शान्ति सुरक्षा पनि मालपोत अन्तरगत नै पर्थ्यो। उनको भने ५२ वटा भट्टी (रक्सी) पसलमा कर उठाउनेमा पर्थ्यो । उनी भन्छन् वर्षमा ५० हजार ती भट्टीबाट कर उठ्थ्यो
उनी मालपोतमा रहँदा महेन्द्र नारायण निधिका बुबा राजेश्वर निधि पनि त्यहाँ जागिरे थिए । तर कट्वाल जस्तो उनी नियमित मालपोत कार्यालयमा दैनिक हाजिर भइरहनु पर्दैनथ्यो। महिनामा एक पटक मात्र हाजिर हुनुपर्थ्यो। त्यसलाई मालमा पटवारी भन्थे । उनले एक पटक निधिका बाउ हाजिर नभएकाले आदेश बमोजिम कटवालले २ रुपैयाँ जरिवाना गराएका थिए।
कटुवालको राजा महेन्द्र संगको सम्बन्ध पनि गज्जब छ। उनका अनुसार राजा महेन्द्र चितवनमा सिकार खेल्न जाँदा महोत्तरीको जलेश्वरबाट हात्ती मगाउँथे। त्यो बेला जलेशवरबाट ७२ हात्ती लिएर र उनी चितवन गएका थिए । तर हात्तीलाई दिनको चार घण्टा भन्दा बढी हिँडाउन नपाउने नियम थियो । उनी ७२ हात्ती हिँडाउने कमान्डर थिए। हात्ती माथि आवश्यक पर्ने दाल चामल लगायतका बन्दोवस्तीका सामग्री हुन्थे। यसरी हात्ती चितवन पु¥याउन उनलाई चार महिना लागेको थियो। तर फर्काउन भने चार दिनमै सम्भव भयो।
हात्ती चितवन पु¥याएपछि राजाको सिकारमा कट्वाल सहित सबै सैनिक निस्केका थिए। यहीक्रममा उनले राजा महेन्द्रलाई पहिलो पटक त्यही प्रत्यक्ष देखेका थिए। उनका अनुसार महेन्द्रको सिकार निसाना अचुक थियो। उनी गैडा र बाघको सिकार गर्न रुची राख्थे
उनका अनुसार एक दिन महेन्द्र हात्ती चढेर बाघको सिकार गर्न जाँदै थिए। तर महेन्द्रले निशाना लगाउन लागेको बाघलाई हात्तीले मा¥यो। त्यो देखेर महेन्द्र हात्तीसंग साह्रै रिसाए र अर्को बाघको सिकार गरे
कट्वालले सिकार गर्न गएको बेला राजा महेन्द्रको गज्जबको दृश्य देखे। राजाले गैँडाको सिकार गरे। गैँडा ढल्यो। ढले लगतै राजाका पछि बाहुन केही पढिरहेका थिए ,त्यो त राजाले रगतको तर्पण र्गैडामाथि दिइरहेका रहेछन् ।
राजाको सवारी भएको ठाउँमा उनी राजाले खाने भान्छाका सामान दिने स्टोर किपर थिए। राजाका लागि खसी, कुखुरा, हरिणको सुकुटी उपलब्ध गराउनु पर्थ्यो। उनका अनुसार महेन्द्रलाई पुलाउ मिठो लाग्थ्यो। यसका लागि चाहिने चामल लगायतका सामाग्री राजाका भान्छेलाई उपलब्ध गराउनुपर्थ्यो ।
उनी अहिले पनि आधुनिक विचार राख्छन् । ‘ मान्छेले हिँड्नु पर्छ, डुल्नु पर्छ, संसार देख्नु पर्छ , उनी भन्छन् । कट्वाल सानैदेखि जात पात र विभेदका विरोधी थिए, अहिले पनि उनी त्यसमा डगमगाएका छैनन् । ‘मान्छे टन्न बोलाउन, साथी भाइ बोलाउनु, छिमेकी बोलाउनु, राँगा खसी, बङ्गुर जे जे हुन्छ त्यो काटेर रमाइलो गरेर ख्वाउनु’ उनलाई भेट्न गत साता इटहरी पुगेका आफ्ना कान्छा छोरा अधिवक्ता रामजनक कट्वाललाई उनी सम्झाउँदै थिए।
तपाईको बिचार