रुपन्देही । रूपन्देहीको कञ्चन गाउँपालिकामा आफ्नै आमा हत्या गरेको अभियोगमा एक २० वर्षीय युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार परियारले हँसिया प्रहार गरी बुधबार राती १ बजे आमाको हत्या गरेका हुन् । प्रहरीका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए । सरोज पार्वतीका कान्छो छोरा हुन् भने जेठो छोरा रोजगारीको लागि भारतमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिए ।
तपाईको बिचार