काठमाडौं। २०५१ साल माघ २९ गते दिउँसो सम्म बागबजारमा डुल्दै देखिएका थिए तत्कालीन नेता डा बाबुराम भट्टराई । जनमोर्चाको केन्द्रीय कार्यालयमा माघ २८ गते सम्म हाँसेर गफ गरिरहेकी थिइन् नेतृ पम्फा भुसाल ।
तर फागुन १ को बिहान सबै सम्पर्क विहीन थिए। कोही सम्पर्कमा थिएनन् । कि कि फागुनको राती कतिपय देशका विभिन्न ठाउँमा पड्किएका थिए– माओवादीका बन्दुक ।
माओवादीले १ फागुन २०५२ बाट ‘जनयुद्ध’ सुरु ग¥यो । जनताद्वारा राज्यसत्ता कब्जा गर्ने ध्येयका साथ युद्धको घोषणा गरिएको थियो । ‘जनयुद्ध’ घोषणा गर्दा तत्कालीन माओवादीका १९ कमान्डरहरूले लामो छलफल र बहसबाट नेपालको राज्यसत्ता नपल्टाएसम्म देश र जनताको उन्मुक्ति नहुने निष्कर्ष निकालेका थिए । युद्धको थालनी गर्दा केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा बाबुराम भट्टराई, रामबहादुर थापा बादल, हरिभक्त कँडेल, पोस्टबहादुर बोगटी, सिपी गजुरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मातृकाप्रसाद यादव, नारायणप्रसाद शर्मा, पम्फा भुसाल, दिनेश शर्मा, फडिन्द्र आचार्य, लोकेन्द्र विष्ट, यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने लगायत गरी जम्मा १९ जना रहेका थिए ।
फागुन १ को दिन रुकुम, रोल्पा, गोरखा र सिन्धुलीमा एकैसाथ फौजी कारबाहीबाट गरिएको थियो । रुकुम, रोल्पालाई आधार भूमि बनाएर जलजला र थवाङमा पहिलो पटक माओवादी सेनलाई परेड खेलाइएको थियो ।
त्यसपछि रुकुम, रोल्पा जस्ता जिल्लाका दुर्गम वस्तिहरू माओवादीको आधार भूमिमा परिणत हुन थाले । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक मुक्तिको मुद्दा उठाएकोले पनि उत्पीडितहरूले आफ्नो नेतृत्व र अभिभावकत्वको महसुस गरेका थिए।
माओवादी बन्दुकबाट गुलाफको फुल बर्सिएको थियो ?
गएकोद १२ गते एमाले सचिव योगेश भट्टराईले संसद बैठकमा बोल्दै माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वलाई पटक–पटक ’हिंसा’ भएको टिप्प्णी गर्दा माओवादी सांसदका कानका रौ ठाडा भएका थिए। शान्तिपूर्ण राजनीतिमा मूलधारमा आएको माओवादीलाई हिंसा नै प्यारो लाग्दै यस्तो प्रतिवाद गरेको टिप्पणी भएको थियो।
थन्को लागेको माओवादी जनयुद्ध भनेको हिंसा नै हो। नेपाली शब्दकोशमा युद्ध भनेको लडाई र हिंसा नै जनाउँछ।
माओवादी हिंसा कालमा १७ हजार मान्छेले ज्यान गुमाए। साधारण भाषामा त्यो हिंसा नै थियो। उनीहरूले बन्दुक खुकुरी यातनाबाट ज्यान गुमाएका थिए। महाभारतको कतामा युघिष्ठर लाई जिउँदै स्वर्ग लगे जस्तो घटना थिएन त्यो । उनीहरू मारिएका थिए।
बन्दुक देखाएर तर्साउने र निहत्था माथि यातना दिने काम राज्य र माओवादी दुवै तर्फबाट भएका थिए। तर माओवादी चाहिँ त्यसलाई हिंसा स्वीकार गर्न तयार छैन।अहिले त्यसलाई हिंसा नमान्ने माओवादीलाई धेरै तिरबाट प्रश्न गर्छन् ‘ के निहत्था जनता माथि तपाईँले पकडाएको
तपाईको बिचार