कैलाली । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरी सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन्। घोडाघोडीको वडा नं ४ सिम्थरीमा र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका छन्।
नगरप्रमुख खडकबहादुर रावतले सोमबार ती नव निर्मित घरहरू समुदायलाई हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने योजना रहेको जानकारी दिए। ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा यी घरहरू निर्माण गरिएको हो। सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ।
घोडाघोडी नगरपालिकाले रु ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालले रु २४ लाख र जनश्रमदानको रूपमा रु ९ लाख ५ हजार ५ सय २ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरेको हो।
वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडी नगरपालिकाले सुरक्षित आवास निर्माण गरिदिएको हो। यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ।
तपाईको बिचार