काठमाडौं। ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले दाहाललाई अभिनन्दनपत्रसाथ दोसल्ला ओढाएर सम्मान गरे । नेपाली पत्रकारिता जगत्मा विशिष्ट योगदान गरेका दाहाललाई मैतीदेवीस्थित निवासमा शनिबार एक कार्यक्रमबिच समाजले अभिनन्दन गरेको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर दाहालले पु¥याएको योगदानको चर्चा गरे । “जतिबेला पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन,” दाहालले भने , “उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।” आफू पत्रकार बन्नुमा पत्रकार दाहालको प्रेरणा रहेको दाहालले बताए ।
अभिनन्दित पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकोमा ओखलढुङ्गा पत्रकार समाजप्रति आभार प्रकट गरे । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकार होमनाथ दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पुर्याएको बताए । लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा निरन्तर लागिरहेका दाहाल ओखलढुङ्गासँगै सिङ्गो प्रेस जगत्का लागि एउटा प्रेरणाको स्रोत भएको बताए ।
ओखलढुङ्गा समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारलाई सङ्गठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले पहिलो पटक विशिष्ट व्यक्तित्व होमनाथ दाहाललाई अभिनन्दन गरेर समाजका गतिविधिलाई अघि बढाउन थालिएको बबताए ।
कार्यक्रमममा राजेन्द्र दाहाल , ध्रवहरि अधिकारी, जीवराम भडारी, बालकुमार नेपाल , सलोजा दाहाल, नारद गौतम बद्रीकाजी गुरुङ, लगायत पत्रकारहरुले उनलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।
तपाईको बिचार