काठमाडौँ । प्रगतिशील लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानको समालोचना तथा साहित्यतिहास विभागको संयुक्त आयोजनमा विचारगोष्ठी सम्पन्न भएको छ ।
पूर्व मन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा २०८१ माघ २६ गते शनिबार देवकोटा कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतमा अघि बढेको उक्त कार्यक्रममा साहित्यकार विष्णु प्रभातले “आजको प्रगतिशील नेपाली साहित्यको अवस्था”, प्राडा रमेशप्रसाद भट्टराईले “वर्गीय प्रतिबद्धता, पार्टी प्रतिबद्धता र लेखकीय स्वतन्त्रता” र रोशन जनकपुरीले “वर्ग पक्षधरता, पार्टी प्रतिबद्धता र लेखकीय स्वतन्त्रता” शीर्षकमा अलग अलग अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि प्राडा श्रीधर गौतम, राम कार्की, रघुजी पन्त, डा. अमर गिरी, नारायण ढकाल, ईश्वरचन्द्र ज्ञवाली र गोपीरमण उपाध्यायले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित भएका साहित्यकारले पुरक टिप्पणी समेत गर्नभएकाे थियाे जसमा डा. गोविन्द आचार्य, डा.हरि सिलवाल, नमूना शर्मा, वाशिष्ठ लगायत हुनुन्थ्याे ।
कार्यपत्र प्रस्तोता त्रय राेशन जनकपुरी, रमेश भट्टराई र विष्णु प्रभातले सहभागिबाट उठेका प्रश्नको जवाफ दिनुभएकाे थियाे ।
उपाध्यक्ष समीर सिंहको स्वागत मन्तव्य तथा उपमहासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी र प्रलेसकी उपाध्यक्ष नमुना शर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
तपाईको बिचार