आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, पाँच प्रदेशमा हिमपातको सम्भावना

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, पाँच प्रदेशमा हिमपातको सम्भावना

649

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ ।

 

तपाईको बिचार