बार काउन्सिल निर्वाचनः बागमतीमा एमाले निकट खनाल विजयी, अन्यमा मिश्रित परिणाम

बार काउन्सिल निर्वाचनः बागमतीमा एमाले निकट खनाल विजयी, अन्यमा मिश्रित परिणाम

637

काठमाडौं । नेपाल बार एसोसियसनको नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद्को) बागमतीमा एमाले निकट पीपीएलएका रविनारायण खनाल विजयी भएका छन् ।

 

उनले नेपाली कांग्रेस निकट डीएलएका पर्शुराम कोइरालालाई पराजित गरेका हुन् । विजयी खनालले २४४९ मत पाउँदा कोइराला १८४२ मतमा रोकिए ।

परिषद्को निर्वाचनमा एमाले र माओवादी निकट कानून व्यवसायीहरुले तालमेल गरेका थिए । जअसनुसार बागमतीसँगै कर्णालीमा वाम गठबन्धनका मातृकाप्रसाद खनाल निर्वाचित भए । खनालले ७३ मत पाउँदा उनका प्रतिस्पर्धी दमनराज बमले ४२ मत पाए ।

 

एमाले र माओवादीले एकातिर तालमेल गर्दा अर्कोतिर कांग्रेस निकट डीएलए र नेकपा एस निकट एसपीएलएबीच चुनावी गठबन्धन भएको थियो ।

निर्वाचन समितिका अनुसार कोशीमा राजु ढकाल, मधेशमा सञ्जीवकुमार मल्लिक, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली र सुदूरपश्चिममा टेकबहादुर कठायत निर्वाचित भए । उनीहरु सबै कांग्रेस निकट डीएलएका उम्मेदवारहरु हुन् ।

बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्छ । लाइसेन्सप्राप्त नवीकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन् । यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुन्छन् । सबैभन्दा धेरै मतदाता बागमतीमा रहेकाले बागमतीको परिणामलाई महत्वका साथ हेरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर