समाचार आएपछि राजधानी प्रेसलाई रविसिंह बस्नेतको धम्की

समाचार आएपछि राजधानी प्रेसलाई रविसिंह बस्नेतको धम्की

727

काठमाडौँ । राजधानी प्रेसमा शु्क्रबार प्रकाशित समाचार ‘कहाँ छ धनराज–ज्योतिले अपचलन गरेको मितेरीको रकम, प्रज्ञा न्यौपानेमाथि के होला कारबाही ?’ लाई लिएर अमेरिकामा रहेका रविसिंह बस्नेतले धम्कीपूर्ण भाषामा फोन गरेका छन् ।

उनले प्रकाशित समाचारमा आपत्ति जनाउँदै धनराज गुरुङ र ज्योतिसँगको सम्बन्धमा आफूहरुको नाम मुछिएकामा आक्रोश व्यक्त गरेका छन् ।

उनले फोनमा भने, ‘समाचार किन आयो, कसरी आयो ? यस्तो समाचारले आफ्नो करियरलाई असर पर्ने भएकाले प्रकाशन गर्नुअघि राय लिन जरुरी किन ठानिएन ?’ उनले आइन्दा यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिँदै आफूहरुको कुनै संलग्नता नरहेको दाबी गरे । र, अबदेखि आफूहरुको नाम जोडेर समाचार प्रकाशन नगर्न चेतावनीसमेत दिए ।

अमेरिकामा रहेका अर्का एक एनआरएनए नेताकाअनुसार, बस्नेतले पहिला पनि गुण्डागर्दी शैलीमा यस्ता धम्कीपूर्ण शब्दहरु अमेरिकामा पनि दिँदै आएका छन् । त्यहाँ हुने विभिन्न कार्यक्रममा पनि समेत बस्नेतले यस्तो गतिविधि गर्दै आएका छन् ।

बस्नेतले समाचारमा आपत्ति जनाए पनि राजधानी प्रेस आफ्नो समाचार र स्रोतमा प्रतिवद्ध रही यो विषय अझ खुलासासहित अर्को सामग्री पस्कनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर