गीत : जोरनाले बन्दुक..

गीत : जोरनाले बन्दुक..

833

बोधराज पौडेल

जोरनाले बन्दुक पड्किन्न
गिलो जो पिउँदा अड्किन्न
बुढो पो भइँयो साथी हो
जिब्रो नि राम्रो फड्किन्न ।।
साइला जिब्रो नि राम्रो फड्किन्न

जोरनाले बन्दुक……………..

भाग्य छ भन्दै बसियो
जोवन त फुत्त गईगयो
बिहानको सूर्य साँझमा
अस्ताए जस्तो भईगयो ।
साइला अस्ताए जस्तो भै गयो ।

जोरनाले बन्दुक……..

पोलेर खाने मकैलाई
पिनेर सामल पारेको
खुट्टाले भुइँ टेक्दैन
मनले चैँ छैन हारेको ।।
साइला छैन है हारेको

जोरनाले बन्दुक….

जे पनि हो कि हो कि झैं
आँखाको ज्योति धमिलो
बैंशको कुरा संझिदा
मन हुन्छ आफैं अमिलो ?
साइला मन हुन्छ अमिलो ।

जोरनाले बन्दुक …

माटाको भाँडो कच्चा छ
कुन बेला फुट्छ था’ छैन
अरुले सोध्दा अच्छा छ
आफैंलाई सोध्न पा’ छैन ।।
साइला आफैंलाई सोध्न पा’ छैन ।

जोरनाले बन्दुक
Email : [email protected]

तपाईको बिचार